बौद्धकाे नयाँबस्तीस्थित जम्मुडाँडामा गोली चलेको छ। घटनाको अनुसन्धान गर्न प्रहरी वृत्त बौद्ध तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाको टोली जम्भुडाँडामा पुगेका छन्।
गोली चलेको पुष्टि जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले गरेका छन्।
घटनास्थलमा भर्खरै पुगेको र अनुसन्धान प्रक्रिया सुरु मात्रै भएको हुँदा घटना सम्बन्धमा थप जानकारी खुल्दै जाने एसपी मैनालीले बताए।