एनसेलले ल्यायो अनलिमिटेड प्याक

आइतबार, २ असोज, २०७९
डिजिटल संस्करण

एनसेल आजियाटा लिमिटेडले आठौँ संविधान दिवसको अवसरमा आइतबारबाट लागू हुने गरी नयाँ दुई विशेष अफर सञ्चालनमा ल्याउँदै छ । यी प्याकहरू तीन दिनका लागि मात्र सञ्चालनमा रहनेछन् । 

ग्राहकले एक दिन समयावधि रहेको अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याक करसहित ५९ रुपैयाँमा खरिद गर्न सक्छन् । एनसेलबाहेक अन्य सेवाप्रदायकका नम्बरहरूमा यो अफर अवधिभर अझ सुलभ दरमा कल गर्न र एसएमएस पठाउन ९५ रुपैयाँमा दुई सय मिनेट अल नेट टक टाइम र दुई सयवटै एसएमएस बन्डल भएको प्याक लिन सक्छन् ।
 

See More On

सुझावित समाचार