प्रभु बैंकले ल्यायो ‘रेमिटेन्स पठाऊँ, उच्च ब्याज कमाऊँ’ योजना

शुक्रबार, ३१ भदौ, २०७९
डिजिटल संस्करण

प्रभु बैंक लिमिटेडले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी  ‘रेमिटेन्स पठाऊँ, उच्च ब्याज कमाऊँ’ योजना ल्याएको छ।

विदेशबाट स्वदेशमा विप्रेषण गरी बैंक खातामा निक्षेपको रूपमा पैसा जम्मा गर्दा उच्च ब्याज प्रदान गर्ने गरी बैंकले यो योजना ल्याएको हो। जसअन्तर्गत प्रभु उन्नति मुद्धती खातामा वार्षिक १५.१३ प्रतिशत र प्रभु उन्नति बचत खातामा वार्षिक १०.१३ प्रतिशत ब्याजदर पाइनेछ।

उक्त ब्याजदरले विदेशमा आर्जन गरेको पैसाले उचित प्रतिफल पाउने र विप्रेषणको माध्यमबाट औपचारिक रूपमै नेपालमा भित्रिन प्रेरणा प्रदान गरी देशको आर्थिक विकासमा टेवा पुग्ने बैंकको विश्वास छ। यो योजना असोज १ गतेदेखि लागू हुनेछ।

सुझावित समाचार