लक्ष्मी इन्टरकन्टिनेन्टलको ‘हुन्डाई फेस्टिभ डिलाइट– २०७९’

शुक्रबार, ३१ भदौ, २०७९
डिजिटल संस्करण

हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैँ, तिहार र छठलाई मध्यनजर गर्दै ‘हुन्डाई फेस्टिभ डिलाइट– २०७९’ योजना ल्याएको छ । यो ग्राहकमुखी योजना कम्पनीले बिहीबारदेखि लागू गरेको हो ।  

योजनाअन्तर्गत ग्राहकले पाँच लाख रुपैयाँसम्मको नगद छुटका साथै स्क्र्याच कार्डमार्फत थप एक लाख ५० हजार रुपैयाँसम्मको नगद छुट पनि पाउन सक्ने जनाइएको छ । साथै, ग्राहकले गाडी खरिद गर्दा एक वर्षसम्मको निःशुल्क बिमा पाउने उल्लेख छ । सबै हुन्डाई गाडीहरू तीन वर्ष वारेन्टी, ६ वर्षको फ्री सर्भिसिङका साथै निःशुल्क सडक कर भुक्तानीसहित उपलब्ध हुने कम्पनीले जनाएको छ ।  

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले देशभर १७ सोरुम तथा १९ सर्भिस सेन्टरहरूमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ । 

सुझावित समाचार