फुटपाथ व्यवसायीद्वारा काठमाडौं महानगरको कार्यालय घेराउ

बिहिबार, ३० भदौ, २०७९
डिजिटल संस्करण
फुटपाथ व्यवसायीद्वारा काठमाडौं महानगरको कार्यालय घेराउ

काठमाडौं महानगरविरुद्ध आन्दोलनमा उत्रेका फुटपाथ व्यवसायी । तस्बिर : अमुल थापा/नयाँ पत्रिका

फुटपाथ व्यवसायीहरूले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका छन्। नेपाल स्वरोजगार व्यापार श्रमिक संघ बागमती प्रदेश कमिटीको नेतृत्वमा फुटपाथ व्यवसायीले महानगर कार्यालय घेराउ गरेका हुन्।

कुनै विकल्प नदिई पूर्वसूचनाविना आफूहरूलाई हटाएर महानगरले दमन गरेको उनीहरूले बताएका छन्। काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवसायलाई हटाउन थालेपछि व्यवसायीहरूले महानगरविरुद्ध आन्दोलन गरेका हुन्।

सुझावित समाचार