जबराको प्रारम्भिक बयान सकियो, भोलि प्रतिप्रश्न गरिने

मंगलबार, २८ भदौ, २०७९
डिजिटल संस्करण

निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको प्रारम्भिक बयान सकिएको छ। महाभियोग सिफारिस समितिले भदौ १५ देखि सुरु गरेकाे जबराको बयान आज मंगलबार सकिएको हो। समितिले पाँच दिन लगाएर जबरालाई ४३ प्रश्न सोधेको छ।

अब भोलि बुधबार बयानका क्रममा जबराले व्यक्त गरेका भाषा, विषय र व्यक्ति–निकायबारे प्रतिप्रश्न गरिने समिति सदस्य मीन विश्वकर्माले जानकारी दिएका छन्। ‘एकसरो बयान सकियो। अब बयानका क्रममा व्यक्त गरेका भाषा, विषय, व्यक्ति र सरोकारवाला निकायबारे प्रतिप्रश्न गर्ने समितिको निर्णय भएको छ,’ बैठकपछि उनले बताए।

पदीय जिम्मेवारीविपरीत कार्यहरू गरी संविधान र कानुनको उल्लंघन गरेको, कार्यक्षमता नभएको, खराब आचरण भएको र कर्तव्य पालना नगरेकोलगायतका आरोपमा जबराविरुद्ध १ फागुनमा महाभियोग दर्ता भएको थियो। विश्वकर्माका अनुसार जबराको प्रारम्भिक बयानका आधारमा समितिले उनलाई प्रतिप्रश्न गर्नेछ।

सुझावित समाचार