प्रधान सेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता

सोमबार, २७ भदौ, २०७९
डिजिटल संस्करण

नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा र काठमाडौंस्थित अमेरिकाका राजदूत र्यान्डी बेरीबीच भेटवार्ता भएको छ। जंगी अड्डास्थित प्रधान सेनापति शर्माको कार्यकक्षमा भएकाे भेटवार्ता भएको हो।

नेपालका लागि मित्रराष्ट्र अमेरिकाका महामहिम राजदूतले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता जान लागेको अवसरमा सो भेटवार्ता भएको छ। उक्त भेटवार्तामा प्रधान सेनापति महारथी शर्माले राजदूतले पूरा गर्नुभएको सफल कार्यकालको लागि बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामनासमेत दिए। 

सुझावित समाचार