सेयर बजारमा गिरावट कायमै, नेप्से १३ अंकले घट्यो

सोमबार, २७ भदौ, २०७९
डिजिटल संस्करण

साताको दोस्रो कारोबारको दिन सोमबार पनि नेप्से परिसूचक ओरालो लागेको छ। नेप्से १३.५४ अंकले घटेर एक हजार नाै सय १२.७४ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स २.३९, फ्लोट इन्डेक्स ०.८१ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६९ अंकले घटेको छ।

सोमबार कारोबारमा आएका दुई सय २५ कम्पनीको २६ लाख १३ हजार चार सय ५० कित्ता सेयर ८३ करोड १६ लाख रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। आइतबारको तुलनामा कारोबार रकम भने बढेको छ। आइतबारको कारोबारमा ७४ करोड ७२ लाख २६ हजार रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये आज म्युचुअल फन्ड ०.१२ प्रतिशतले बढेको छ भने बाँकी सबै उपसमूह घटेको छ। अन्य उपसमूह सर्वाधिक १.७० प्रशितले घट्दा हाइड्रोपावर उपसमूह १.४१ प्रतिशत र फाइनान्स १.०८ प्रतिशतले घटेको छ।

नेप्से घटे पनि सोमबार युनाइटेड इडी मार्दीको सेयरमूल्य ४.१७ प्रतिशतले बढेको छ। यता सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ५.८७ प्रतिशतले घटेको छ। नबिल बैंकको सबैभन्दा धेरै चार करोड ७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
 

सुझावित समाचार