लगनखेलको मन्जुश्री पेट्रोल पम्प हटाउँदै ललितपुर महानगर

आइतबार, २६ भदौ, २०७९
डिजिटल संस्करण

ललितपुर महानगरपालिकाले लगनखेलस्थित मन्जुश्री पेट्रोल पम्प हटाउने भएको छ। पेट्रोल पम्प सडकनजिकै रहेको र ओहोरदोहोरमा समस्या गरेपछि पम्प हटाउन महानगरले आइतबार सिल गरेको छ।

महानगरका मेयर चिरिबाबु महर्जनसहितको टोली पेट्रोल पम्पमा पुगेर वरिपरिको बार भत्काएका छन्। पम्प सञ्चालकलाई पम्प सार्न दिएको निर्देशन नमानेपछि महानगर आफैँले सिल गरेको ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथूले जानकारी दिए। सिल गरिएको पम्प केही दिनमा नै हटाएर सडक व्यवस्थापन गरिने उनले बताए।

तस्बिरहरू : अमुल थापा/नयाँ पत्रिका

सुझावित समाचार