भोलि पुन: बस्ने गरी टुंगियो सत्तागठबन्धनकाे बैठक

आइतबार, २६ भदौ, २०७९
डिजिटल संस्करण
भोलि पुन: बस्ने गरी टुंगियो सत्तागठबन्धनकाे बैठक

फाइल तस्बिर

सिट बाँडफाँडको बाँकी विषय टुंग्याउन बसेको सत्तारूढ गठबन्धनको बैठक विनानिष्कर्ष सकिएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठक भोलि सोमबार पुनः बस्ने गरी सकिएको हो।

बैठकमा सिट बाँडफाँडसम्बन्धी कार्यदलले अहिलेसम्म गरेका कामको ब्रिफिङ भएको बैठकपछि एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए। उनले भने, ‘कार्यदलले अहिलेसम्म गरेका कामहरूबारे रिपोर्टिङ भयो। कैयौँ कुरा मिलेको छ, केही कुरा मिलाउन बाँकी छ।’

कार्यदलले यसअघि कांग्रेस ६०, माओवादी १३, जसपा र एकीकृत समाजवादी आठ–आठ तथा राष्ट्रिय जनमोर्चाले पाउने एक सिटको टुंगो लगाइसकेको छ। अन्य ७५ सिटमा कार्यदल निर्णयविहीन बनेपछि शीर्ष नेतालाई जिम्मा दिइएको थियो।

शीर्ष तहबाट समेत बाँकी सिटका विषयमा सहमति हुन सकेको छैन। बाँकी विषयमा टुंगोमा पुग्ने गरी भोलि बिहान ८ बजे बैठक बस्ने निर्णय भएको सम्मानित नेता खनालले जानकारी दिए।

See More On

सुझावित समाचार