अनलाइन बजार दराजले सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम ‘दराज महोत्सव’ गर्ने भएको छ । कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा २५ भदौमा महोत्सव गर्न लागेको हो । सबै दराजका ग्राहकहरूसँग प्रगाढ सम्बन्ध कायम गर्ने उद्देश्यले महोत्वस आायोजना गर्न लागिएको कम्पनीले जनाएको छ । महोत्सवमा सांगीतिक र नृत्य प्रस्तुतिदेखि अन्तक्र्रियात्मक खेल, फोटो बुथ, खाना स्टलका साथै बालबालिकाका लागि समर्पित मनोरञ्जनात्मक क्रियाकलाप पनि रहने जनाइएको छ ।
दराज नेपालका प्रमुख मार्केटिङ अधिकृत प्रनयना केसीले आफ्ना सबै कार्यक्रम ग्राहकलाई प्राथमिकता दिँदै आयोजना हुने हुनाले यो महोत्सव पनि पारिवारिक कार्यक्रम रहोस् भन्ने सुरुदेखि मनसाय रहेको बताए । उनले भने, ‘यो कार्यक्रमले सबै उमेर–समूहलाई मध्यनजर गरी विभिन्न गतिविधि समेट्ने प्रयास गरेको छ । धेरैभन्दा धेरै ग्राहकको उपस्थितिको अपेक्षा गर्दै हामीले इन्ट्री पनि फ्री नै गरेका छौँ ।’
महोत्सव सुशान्त केसी, स्वपन सुमन, वाङ्देन शेर्पा र अन्य शीर्ष कलाकारको सांगीतिक प्रस्तुतिका साथ मनोरञ्जनको उत्सव रहने कम्पनीको भनाइ छ । दर्शकहरूले नृत्य ट्रुप्स र द अनएक्सपेक्टेड क्रूको नृत्य प्रस्तुति पनि पाउने जनाइएको छ । त्यस्तै, विभिन्न थरीका खाना साथै रमाइला खेलहरू तथा विभिन्न वस्तुहरूको प्रदर्शन पनि गरिने कम्पनीले जनाएको छ । प्रवेशका लागि आगन्तुकले आफ्नो फोनमा एप देखाउन आवश्यक रहेको जनाइएको छ ।