टर्ला त इन्धन संकट ?

क्षेत्रीय उत्पादन कम हुँदै जाँदा युरोपियन युनियन तेल र ग्यासका लागि रुसमाथि निर्भर बन्यो

शुक्रबार, २४ भदौ, २०७९
डिजिटल संस्करण

यतिवेला विश्व २१औँ शताब्दीको पहिलो ऊर्जा संकटको मध्यसमयमा छ । बढ्दो ऊर्जाको मूल्य, विशेषगरी तेल, ग्यास र इन्धनले विश्वका कैयन् देशमा मुद्रास्फीति दशकयताकै उच्च बनेको छ भने कतिपय देशले ऊर्जा संकटको नमीठो अनुभव पनि गरिरहेका छन् । रुस–युक्रेनबीच जारी युद्ध नै विश्वभर सिर्जित यो संकटको मुख्य कारण हो । 

ओपेक भर्सेज बाँकी विश्व
अर्गनाइजेसन अफ पेट्रोलियम एक्स्पोर्टिङ कन्ट्रिज (ओपेक) देशहरू सामूहिक रूपमा सबैभन्दा ठूला तेल उत्पादक हुन् । तर, साउदी अरेबिया एक्लैले ओपेकको एकतिहाइ तेल उत्पादन गर्दै आइरहेको छ । तर, सन् २०२२ मा ओपेकले १ करोड ब्यारेल प्रतिदिन उत्पादन घटाएपछि ओपेकको उत्पादन पूर्वमहामारीभन्दा तल झरेको छ । यसअघि ओपेकले कहिल्यै यस्तो नीति अख्तियार गरेको थिएन । सन् २०२१ मा ओपेकसम्बद्ध देश अमेरिका, क्यानडा र मेक्सिकोले विश्वको एकचौथाइ मात्र तेल उत्पादन गरे । तथापि, ७० प्रतिशत नर्थ अमेरिकन तेल अमेरिकाबाट आयो, जुन विश्वकै ठूलो तेल उत्पादक हो । तर, पूर्वसोभियत संघका देशहरूको संस्था (सिआइएस) रुस भने सर्वाधिक ठूलो उत्पादक थियो । उसले सिआइएसको ८० प्रतिशत तेल उत्पादन गथ्र्यो । 

पछिल्लो केही दशकमा अमेरिकन आयल प्रोडक्सन उचाइ र खाडलबीचको रोलरकोस्टर बनेको छ । सन् १९७० को उच्च १ करोड १३ लाख ब्यारेल प्रतिदिनबाट सन् २००८ मा इतिहासकै कम ६० लाख ८ हजार ब्यारेलमा खुम्चियो । तर, २०१० मा आउँदा अमेरिकाले ठूलो उत्पादक देश साउदी अरेबियालाई पनि उछिन्यो । २०२१ सम्म परिष्कृत पेट्रोलियम पदार्थको उत्पादन गर्दै अमेरिका कच्चा तेलको शुद्ध निर्यातकर्ता बनिरह्यो । 

२०२१ मा साउदी र रुस दुवै करिब १ करोड १० लाख ब्यारेल प्रतिदिन तेल उत्पादन गरी वैश्विक रूपमा ठूला निर्यातकर्ता बने । यी दुवै देशमा राज्य स्वामित्व रहेका साउदी अरामको र ग्याजप्रोम महत्वपूर्ण तेल र ग्यास उत्पादक कम्पनी हुन् । युरोपबाट तेल उत्पादन गर्नेमा शीर्ष १५ मा नर्वे आउँछ, जसले कुल २.३ प्रतिशत वैश्विक उत्पादन गर्छ । क्षेत्रीय उत्पादन कम हुँदै जाँदा युरोपियन युनियन तेल र ग्यासका लागि रुसमाथि निर्भर हुनुपरेको छ । यसले थप ऊर्जा संकट निम्त्याएको छ । 
तेल उत्पादन कसरी प्रभावित भयो ?

गम्भीर स्थितिलाई पार गर्दैगर्दा सन् २०२० पछि तेलको माग पुनः सतहमा आउन थाल्यो र अहिले कोभिडपूर्वकै अवस्थामा छ । त्यस्तै, रुसबाट आउने तेल र ग्यासको आपूर्तिमा लगाम लगाउँदा बजार कसिलो बन्यो भने मूल्यमा पनि भारीवृद्धि भयो ।यति मात्रै होइन, जब यसको असर विश्वले भोग्यो, अन्य देशभन्दा युरोपियन देश रसियन इन्धनमाथि निर्भर बने । केहीले त लगभग सबै पेट्रोलियम पदार्थ रसियाबाटै ल्याउने गरेका थिए । यस्तो अवस्थामा तेल संकटबाट जुध्न बाँकी विश्वले उत्पादन र सप्लाई वृद्धि गर्नाका साथै पेट्रोलियम रिजर्भ नीति जारी गरे । 

सन् २०२२ मा अमेरिकन तेल उत्पादन १ करोड ब्यारेल प्रतिदिन बढ्ने अपेक्षा गरिएको छ । यहीबीचमा पश्चिमा देशले ओपेक सदस्यीय देशलाई उत्पादन बढाउन भनिरहेका छन् । जबकि, ओपेकसम्बद्ध देशहरूले उत्पादन बढाउनतिर ध्यान दिइरहेका छैनन् । अमेरिकाले एसपिआरबाट १ करोड ८० लाख ब्यारेल तेल जारी गर्दै छ । जसमा ६० लाख ब्यारेल आइइएको १ करोड २० लाख ब्यारेलको सामूहिक घोषणालाई दिनेछ । तर, २०२३ सम्म तेलको माग थप नयाँ रेकर्डमा पुग्ने अनुमान गर्दै आपूर्ति बढाउने यो प्रयास संकटलाई रोक्न पर्याप्त हुन्छ वा हुँदैन, हेर्न भने बाँकी नै छ । 
 

सुझावित समाचार