जिडब्लुएम नेपालको ‘ग्रेट डिल, ग्रेट च्वाइसेस’ अफर

बिहिबार, २३ भदौ, २०७९
डिजिटल संस्करण

ग्रेटवाल मोटर (जिडब्लुएम) गाडीकोे नेपालका लागि आधिकारिक विक्रेता भिजी इम्पेक्स प्रालिले दसैँ, तिहार र छठको अवसर पारी गाडीको खरिदमा आकर्षक छुटका साथ विभिन्न योजना उपलब्ध गराउने भएको छ । कम्पनीले ग्रेटवाल मोटरका सबै प्रकारका गाडीमा योजना लागू गरेको हो ।

 ‘ग्रेट डिल्स, ग्रेट च्वाइसेस’ नारासहितको योजनामा जिडब्लुएमका कुनै पनि गाडी किन्दा तुरुन्तै आकर्षक नगद छुट पाउन सकिने जनाइएको छ । योजनाअन्तर्गत एक वर्षको कम्प्रिहेन्सिभ बिमाका साथमा एक वर्षसम्म फ्री मेन्टिनेन्स प्याकेजमा एक वर्षको नियमित मर्मत–सम्भार खर्च र उपभोग्य वस्तु समावेश रहेको कम्पनीले जनाएको छ । साथै, लोयल्टी बोनसको रूपमा ग्राहक स्वयं वा आफ्नो पविारसँग कसैको पहिले नै जिडब्लुएमका कुनै पनि गाडी भएमा अतिरिक्त छुट पाउने जनाइएको छ । 

ग्राहकहरूले निःशुल्क एक्सेसोरिजसहित पाँच वर्षको वारेन्टी सुविधा पाउनुका साथै स्पट भ्यालुएसन तथा एक्सचेन्जको अवसर पाउने तथा प्याकेजमा तीन वर्षको निःशुल्क सर्भिस उपलब्ध हुने कम्पनीले जनाएको छ । 

सुझावित समाचार