डेंगु तत्काल नियन्त्रण गर्न सांसदको माग

बुधबार, २२ भदौ, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरूले महामारीका रूपमा फैलिँदै गरेको डेंगुलाई तत्काल नियन्त्रण गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । 

बैठकमा आज सांसद प्रकाशमान सिंहले देशमा हैजादेखि डेंगुजस्ता रोग फैलिँदै गएकाले त्यसको नियन्त्रण गर्न सरकारसँग माग गरे । सांसद देवप्रसाद तिमिल्सिनाले हालसम्म ७१ जिल्लामा डेंगु  फैलिसकेको र बढ्ने क्रम जारी भएकाले निःशुल्क उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँदै तराईमा विपन्नलाई निःशुल्क झुलको व्यवस्था गर्न आग्रह गरे । 
   
 

See More On

सुझावित समाचार