काठमाडौं ४ मा माओवादीबाट खड्का, विक र बोगटी सिफारिस

बुधबार, २२ भदौ, २०७९
डिजिटल संस्करण

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको लागि माओवादी केन्द्र काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ ले उम्मेदवारको टुंगो लगाएको छ ।

प्रतिनिधिसभा संघको प्रत्यक्षतर्फ  विदुर खड्का, बुढानीलकण्ठ नगर कमिटीका इन्चार्ज तथा प्रदेश सदस्य अमर विक र  भर्खरै माओवादी पार्टीमा समाहित भई वैकल्पिक केन्द्रीय सदस्य बनेका ओखलढुंगाका कुमार बोगटीलाई उम्मेदवारको रूपमा सिफारिस गरेको हो ।

खड्का बागमती प्रदेश सचिवालय सदस्य, क्षेत्र नम्बर ४ का पार्टी इन्चार्ज तथा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्षसमेत हुन् । 

See More On

सुझावित समाचार