आज पनि सत्तागठबन्धन कार्यदलको बैठक बस्दै छ । सोमबारको बैठकमा आगामी प्रदेश र प्रतिनिधिसभाको सिट बाँडफाँडको सहमति जुट्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने कार्यदलको आजको बैठकले सिट बाँडफाँडको अन्तिम प्रतिवेदन दलका शीर्षस्थ नेताहरूलाई बुझाउने गरी बैठक बस्ने तय गरेको छ ।