पूर्वपर्यटनमन्त्री तथा नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले आफ्नो जन्मदिनको अवसरमा एक अपांग विद्यार्थीलाई सहयोग गरेका छन् ।
उनले जिल्लाको पाथीभरा क्याम्पसमा बिएड अध्ययनरत मैवाखोला गाउँपालिका– ५ निवासी जीवन लिम्बूलाई ४४ हजार रुपैयाँ सहयोग गरेका छन्। जिल्ला सदरमुकाममा डेरा गरेर बस्दै आएका जीवन लिम्बूलाई भट्टराईले अध्ययनका लागि स्टेसनरी तथा किताब खरिद गर्न २० हजार रुपैयाँ र एक वर्षसम्म कोठा भाडाको रूपमा तिर्नुपर्ने रकम २४ हजार गरी ४४ हजार रुपैयाँ दिएका हुन् । उनले हरेक वर्ष आफ्नो जन्मदिनमा गरिब, असहाय तथा पीडितलाई सहयोग गर्दै आएका छन् ।