भेरी अस्पतालका बिरामीलाई रगत निःशुल्क

आइतबार, १९ भदौ, २०७९
डिजिटल संस्करण

नेपाल रेडक्रस सोसाइटीले भेरी अस्पतालमा उपचाररत बिरामीलाई निःशुल्क रगत प्रदान गर्न थालेको छ। रेडक्रसले यसअघि रगत राख्न आवश्यक पर्ने ब्याग, केमिकललगायत सामग्री खरिद गर्न लाग्ने रकम लुम्बिनी प्रदेश सरकारले दिने भएपछि बिरामीलाई रगत निःशुल्क प्रदान गर्न थालेको नेपाल रेड्क्रस सोसाइटी रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिए। 

उनले आइतबारदेखि भेरी अस्पतालमा उपचाररत बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्क दिन थालिएको बताए। उक्त सेवाको संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले एक कार्यक्रमका बीच सुरुवात गरेका हुन्।

सो अवसरमा मन्त्री राईले रक्त सञ्चार केन्द्रका लागि सुविधासम्पन्न भवन निर्माण गर्न प्रक्रियाअगाडि बढाइसकेको बताए। उनले अस्पतालको बेडमा छट्पटाइरहेका बिरामीलाई रगत दिएर रेड्क्रसले पवित्र काम गर्दै आएको बताए। 

‘भेरी अस्पतालको एउटा सुविधासम्पन्न भवन निर्माण पूरा भई सञ्चालनको तयारीमा छ। अर्को भवन निर्माणका लागि टेन्डर प्रक्रिया सुरु हुने क्रममा छ। पवित्र काम गर्ने रक्त सञ्चार केन्द्रले जीर्ण भवनबाट सेवा दिनु राम्रो कुरा होइन,’ उनले भने। 

सुझावित समाचार