नागरिकता विधेयक : राष्ट्रिय सभाको सन्देशसहित प्रतिनिधिसभामा टेबुल

आइतबार, १९ भदौ, २०७९
डिजिटल संस्करण

नागरिकता विधेयक राष्ट्रिय सभाको सन्देशसहित प्रतिनिधिसभामा टेबुल भएको छ। संसद सचिवालयका सचिव गोपालनाथ योगीले सन्देशसहितको उक्त विधेयक टेबुल गरेका हुन्।

राष्ट्रियसभाले शुक्रबार विधेयक पारित गरेर प्रतिनिधिसभामा सन्देश पठाएको थियो । सभामुखले आजै प्रमाणित गरेर राष्ट्रपति कहाँ प्रमाणीकरणका लागि पठाउने बताइएको छ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि उक्त विधेयक ऐनका रूपमा कार्यान्वयमा आउनेछ।

सुझावित समाचार