दुर्गमको पीडा : नानी रोकायाले जन्माइन् बाटोमै बच्चा

शनिबार, १८ भदौ, २०७९
डिजिटल संस्करण

बाजुराको पुर्विउत्तरी भेगमा रहेको  हिमाली गाउँपालिका वडा नम्बर १ बामु गाउँकी नानी रोकायाले बाटोमै बच्चा जन्माएकी छन्। सुत्केरी व्यथाले च्यापेपछि चार घण्टा टाढा रहेको स्वास्थ्यचौकी लैजाँदै गर्दा उनले बाटोमै बच्चा जन्माएकी हुन् । गाउँमा सुरक्षित सुत्केरी गराउन प्रसुती सेवा नहुँदा समस्या भएको सोहि वडाका अध्यक्ष जोख्या भण्डारीले गुनासो गरे । 

सोहि वडाको बामु आधारभुत स्वास्थ सेवा केन्द्रमा  एक जना अहेवको दरबन्दी भएपनि स्वास्थ्यकर्मी छैनन् । उनलाई सुत्केरी गराउन चार घण्टाको दूरीमा रहेको विच्छया स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै सुत्केरी भएकी हुन् । उनले बाटोमा बच्चा जन्माउँदै गरेको  खबर पाएपछि विच्छया स्वास्थ्य चौकीमा कार्यरत अनमीसहितको स्वास्थ्यकर्मीको  टोली त्यहाँ पुगेको थियो। 

 बाजुरा जिल्लाको ग्रामीण  भेगका गर्भवती महिलाहरूलाई गाउँमा स्वास्थ्य संस्था र यातायातको सहज सुविधा नहुँदा बाटोमै बच्चा जन्माउनु पर्ने बाध्यता छ । यता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राज भण्डारीले नानी रोकायालाइ गाउँबाट विच्छया स्वास्थ्य संस्थामा लैजाँदै गर्दा बिचबाटोमा सुत्केरी ब्यथा लागेको आफुलाइ जानकारी आएपछि लगत्तै विच्छया स्वास्थ्य संस्थामा कार्यरत अनमी लगायत  अन्य सहयोगी कर्मचारी बोलाएर रोकायलाई सुरक्षित सुत्केरी गराएको जानकारी दिए ।  यसअघि बाजुराकै कात्तिका विकले पनि बाटोमै बच्चा जन्माएकी थिइन् । 

सुझावित समाचार