पहिरो हटेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

शुक्रबार, १७ भदौ, २०७९
डिजिटल संस्करण
पहिरो हटेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

फाइल तस्बिर

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारीसाधन सञ्चालनमा आएका छन्।

१८ किलोमा खसेको पहिरो हटाएसँगै सडक सञ्चालनमा आएको हो। आज बिहान १८ किलोमा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी रूपमा अवरुद्ध भएको थियो।

निरन्तरको वर्षातका कारण यो सडक हुँदै यात्रा गर्ने यात्रुले सास्ती पाइरहेका छन्। यसअघि बिहीबार पनि भरतपुर– २९ केराबारीस्थित मौरीखोलामा खसेको पहिरोका कारण आठ घन्टा सडक अवरुद्ध भएको थियो।

सुझावित समाचार