मोबाइल कम्पनी सामसङले यस वर्षको चाडपर्वमा आफ्ना उपभोक्ताका लागि ‘यो वर्षको दसैँ उपहार, डेली टिभी, ड्याम्मै कार !’ नामक योजना ल्याएको छ । कम्पनीले भदौ १४ देखि असोज १४ सम्म सामसङ स्मार्ट फोन वा ट्याब्लेट खरिद गर्ने ग्राहकलाई लागू हुने गरी योजना ल्याएको हो ।
सहभागीले कम्पनीमा निश्चित प्रक्रियाअनुसार एसएमएस पठाउनुपर्ने जनाइएको छ । हरेक दिन एकजना विजेता सहभागीले ६५ इन्चको सामसङ टिभी र बम्पर पुरस्कारमा एउटा कार जित्न सक्ने कम्पनीले जनाएको छ ।
सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले सामसङ उपभोक्ताहरूको जीवनलाई सहज बनाउनका लागि सधैँ प्रतिबद्ध रहेको बताए । चाडपर्वको मौसममा उपभोक्तालाई खुसी हुने र उनीहरूको जीवनलाई अझ राम्रो बनाउने अर्को कारण प्रदान गर्ने कोसिस गरेको उनको भनाइ छ ।