यती डिस्टिलरीले ‘८८४८ भोड्का’ नयाँ स्वाद र बोतलमा ल्याएको छ । यतीले हिमाली क्षेत्रको चित्रांकित बोतल र फरक स्वादसहितको नयाँ ‘८८४८ भोड्का’ बिहीबार सार्वजनिक गरेको हो ।भोड्का पारखीलाई फरक स्वाद र अनुभव दिलाउन ८८४८ लाई नयाँ ‘प्याकेजिङ र टेस्ट’सहित बजारमा ल्याएको यती डिस्टिलरीका अध्यक्ष रवि केसीले बताए । उनले भने, ‘हाम्रा उत्पादनहरू ओल्ड दरबार, ८८४८ भोड्का र बाह्रसिँगे बियर धेरै रुचाइएका छन् । बजारमा आएको नयाँ ८८४८ भोड्कालाई पनि उपभोक्ताले धेरै रुचाउने हाम्रो विश्वास छ ।’
अहिले बजारमा उपलब्ध ८८४८ भोड्का गहुँबाट बनेको हो । नयाँ भोड्कामा भने राई (पाउरोटीमा प्रयोग हुने) कच्चा पदार्थ प्रयोग गरिएको उनले बताए । नयाँ ८८४८को बोतलमा हिमाली क्षेत्रको चित्र राखिएको छ । नियमित भोड्काको मूल्य दुई हजार एक सय रुपैयाँ रहेको छ, नयाँ भोड्काको मूल्य भने दुई हजार तीन सय ५० रुपैयाँ तोकिएको छ ।
नयाँ ८८४८ भोड्का अन्तर्राष्ट्रियस्तरको भएको यती डिस्टिलरीका प्रबन्ध निर्देशक अभिषेक श्रेष्ठले बताए । उनले भने, ‘हामीले सुरुदेखि नै गुणस्तर र सिर्जनशीलतामा बढी ध्यान दिँदै आएका छौँ । नयाँ ८८४८ भोड्का पनि उच्च गुणस्तरीय र अझ सिर्जनशील रहेको छ ।’
स्वदेशी उद्योग र ब्रान्ड स्थापित गर्न तल्लीन छौँ
रवि सिंह, अध्यक्ष, यती डिस्टिलरी
हामीले कुनै पनि विदेशी ब्रान्ड बिक्री गरेका छैनौँ । हामी स्वदेशी उद्योग र ब्रान्ड नै स्थापित र प्रवद्र्धन होस् भन्ने चाहन्छौँ । त्यसैले उत्पादनमा विविधीकरण गरिरहेका छौँ । विदेशी ब्रान्डको नाममै करोडौँ रकम बाहिरिन्छ । त्यसैले स्वदेशी ब्रान्ड स्थापित गर्नुपर्छ । जबसम्म स्वदेशी उद्योग प्रवद्र्धन हुँदैन, तबसम्म अर्थतन्त्र राम्रो हुँदैन, अर्थतन्त्र राम्रो नभएसम्म देश बलियो हुँदैन । त्यसैले हामी स्वदेशी उद्योग र ब्रान्ड प्रवद्र्धन र स्थापित गर्न तल्लीन छौँ । अहिले यती डिस्टिलरीका उत्पादनहरू ओल्ड दरबार, ८८४८ र बाह्रसिँगे बियर वश्वका थुप्रै मुलुकमा निर्यातसमेत गरिरहेका छौँ ।