व्यवसायी शाहरुख

बुधबार, १५ भदौ, २०७९
डिजिटल संस्करण

शाहरुख खान निकै ठूलो संघर्ष गरेर फिल्मी दुनियाँमा स्थापित भएका हुन् । आफ्नो पहिलो काम गर्दा उनलाई ५० भारु पारिश्रमिक मिलेको थियो । आज उनको कुल सम्पत्ति पाँच हजार करोड भारुभन्दा पनि बढी छ । अभिनेताका रूपमा चिनिएका शाहरुख व्यवसायमा पनि उत्तिकै सक्रिय छन्, फिल्म अभिनयसँगै उनले यी क्षेत्रबाट पनि राम्रो आम्दानी गर्ने गरेका छन् । 

रेड चिलिज इन्टरटेनमेन्ट
श्रीमती गौरी खानसँग मिलेर उनले २००२ मा खोलेको रेड चिलिज इन्टरटेनमेन्ट भिएफएक्स र भिज्युअल इफेक्ट्सका लागि प्रतिष्ठित प्रडक्सन हाउस मानिन्छ । मिडिया रिपोर्टस्अनुसार यस कम्पनीको वार्षिक कारोबार लगभग पँच सय करोड भारु छ । 

कोलकाता नाइट राइडर्स
यस फ्रेन्चाइज क्रिकेट टिममा शाहरुखको ‘रेड चिलिज इन्टरटेनमेन्ट’को ५५ प्रतिशत सेयर छ । फाइनान्सियल एक्सप्रेसका अनुसार प्रायोजकहरूले केकेआरको जर्सीमा आफ्नो लोगो राख्नका लागि ८ देखि २२ करोड रुपैयाँसम्म खर्च गर्नुपरेको थियो । 

किडजानिया
इन्डियन फ्रेन्चाइज किडजानियामा शाहरुखको २६ प्रतिशत सेयर छ । किडजानिया परिवारिक मनोरञ्जन र इन्डोर पार्कहरूको एक चेन हो, जहाँ ५ देखि १३ वर्षका बच्चाहरूले खेल्दाखेल्दै धेरै कुरा सिक्न पाउँछन् । 

ब्रान्ड इन्डोर्समेन्ट 
ब्रान्डको प्रवर्द्धन गरेर पैसा कमाउने कलाकारको सूचीमा शाहरुखभन्दा अन्य बलिउड कलाकार नै अघि छन् । यसको अर्थ शाहरुख धेरै पछाडि छन् भन्ने होइन । उनले वर्षौंदेखि पेप्सी, व्हर्लपुल, नोकिया, हुन्डाई, डिस टिभी, बिग बास्केटलगायत ब्रान्डको प्रवर्द्धन गरिरहेका छन् र यसबापत उनलाई मोटो रकम मिल्छ । बिजजेस इन्साइडरको एक रिपोर्टअनुसार शाहरुखले एउटा विज्ञापन सुट गर्नका लागि हरेक दिन लगभग तीन करोड ५० लाखदेखि चार करोड रुपैयाँसम्म लिन्छन् ।

See More On

सुझावित समाचार