अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

बुधबार, १५ भदौ, २०७९
डिजिटल संस्करण

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा अवरुद्ध भएको सडक खुलेको छ । यस सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका– २९ केराबारीमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको थियो । 

पहिरोका कारण अवरुद्ध भएको सडक बिहान ८:३० बजेदेखि दुईतर्फी रूपमा खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।  

निरन्तर पानी परिरहेकाले बगिरहेको लेदो पन्छाउन कठिन भएको थियो । पहिरोका कारण अवरुद्ध भएको सडक खुलेसँगै सवारीसाधनहरू आफ्नो गन्तव्यतर्फ लागेका छन् ।  

सुझावित समाचार