हिरो मोटरसाइकलमा दसैँ योजना

मंगलबार, १४ भदौ, २०७९
डिजिटल संस्करण

नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक विक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले आउने दसैँको अवसर पारेर ‘आहा दसँै चाडपर्वको उमंग, हिरो चढी दंग’ भन्ने नारासहित नयाँ योजना ल्याएको छ । 

योजनाअन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले सात हजार पाँच सय रुपैयाँ पक्का डिस्काउन्ट, स्क्र्याच कार्डमार्फत एक लाख रुपैयाँसम्म पाउन सक्ने र बम्पर लक्की ड्रमार्फत एकजनाले एक लाख रुपैयाँ नगद पाउने जनाइएको छ ।

यसका साथै सबै हिरो मोटरसाइकल र स्कुटरमा शून्य प्रतिशत डाउन पेमेन्टमा उपलब्ध हुने सुविधा पनि रहेको कम्पनीले जनाएको छ । 

सुझावित समाचार