नेप्से र सेबोनले लिने शुल्क परिमार्जन गर्ने विषयमा छलफल भइरहेको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले जानकारी दिए । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको एक कार्यक्रममा उनले भने, ‘आस्बा शुल्क घटायौँ, अब सेबोन शुल्क र सेबोनले लिने शुल्कमा पनि केही निर्णय गर्नुपर्छ भन्ने धारणा छ ।’
पुँजी बजारको विकास द्रुततर गतिमा गर्न धितोपत्र बोर्ड स्वायत्त हुनुपर्ने बोर्डका अध्यक्ष रमेश हमालले बताएका छन् । धितोपत्र बोर्डको स्वायत्तताका लागि सरकारसँग छलफल भइरहेको पनि उनले बताए । उनले भने, ‘धितोपत्र बोर्ड कुनै सरकारी विभागजस्तो भएको छ, यसले हामीलाई धेरै टाढा पुर्याउँदैन, त्यसैले यसलाई स्वायत बनाउन जरुरी छ ।’
पछिल्लो समय बोर्डले ब्रोकरलाई लाइसेन्स दिन गरेको प्रस्ताव अर्थ मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको थियो । त्यसलाई मन्त्रिपरिषद्ले तत्काललाई फिर्ता पठाएको छ । स्रोतका अनुुसार ब्रोकर लाइसेन्समा उल्लेख गरेको चुुक्ता पुुँजी घटाउनका लागि कानुुन हेर्ने निकायलाई दिएको छ ।