दक्षिण पाकिस्तानमा डुंगा दुर्घटना ७ जनाको मृत्यु, १३ बेपत्ता

सोमबार, १३ भदौ, २०७९
डिजिटल संस्करण

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा सोमबार डुंगा पल्टिँदा महिला र बालबालिकासहित सातजनाको मृत्यु हुनुका साथै अन्य १३ जना बेपत्ता भएका छन्।  कम्तीमा २० जना सवार डुंगा सिन्धु नदी हुँदै जाँदै गर्दा प्रान्तको सेहबान सरिफ क्षेत्रमा बाढीको बहावमा फसेपछि पल्टिएको समाचारमा जनाइएको हो। 

उद्धार टोलीले सातजनालाई पानीबाट मृत अवस्थामा निकालेका छन् भने नदीमा बेपत्ता भएकाहरूको खोजी गरिरहेको छ। मुसलधारे मनसुनी वर्षाका कारण पाकिस्तानमा ठूलो क्षति पुगेपछि पाकिस्तानका पहाडी क्षेत्रका नदी नाला र समथर भूभागमा पनि ठूलो बाढी आएको छ।

सुझावित समाचार