पैगम्बर मोहम्मदबारे विवादास्पद टिप्पणी गर्ने भाजपा सांसद पक्राउलगत्तै रिहा

आइतबार, १२ भदौ, २०७९
डिजिटल संस्करण

पैगम्बर मोहम्मदबारे विवादास्पद टिप्पणी गर्ने भारतीय जनता पार्टी (भाजपा) का सांसद ठाकुरराजा सिंह पक्राउ परेका छन् । तर, केहीपछि नै अदालतबाट उनी रिहा भए । भारतको दक्षिणी सहर हैदरावादमा प्रहरीले सिंहलाई पक्राउ गरेको थियो । 

दक्षिणी राज्य तेलंगानाको विधानसभा सदस्य रहेका सिंहको टिप्पणीपछि मुस्लिम समुदाय आक्रोशित बनेको छ । धार्मिक अतिवादी टिप्पणीका कारण उनी प्रायः विवादमा आउने गरेका छन् । 

यसअघि पनि उनले पटकपटक मुस्लिम समुदायलाई आक्रोशित पार्ने विभिन्न अभिव्यक्ति दिने गरेका थिए । आफ्ना सार्वजनिक भाषणमा समेत उनले मुस्लिमविरोधी अभिव्यक्ति दिने गरेका छन् । उनलाई घृणा फैलाउन भाषण गरेको भन्दै फेसबुकले दुई वर्षसम्म उनको आइडीमाथि प्रतिबन्ध लगाएको थियो । 
 

सुझावित समाचार