दार्चुलामा प्रहरीले गर्‍यो गाँजा खेती नष्ट

शुक्रबार, १० भदौ, २०७९
डिजिटल संस्करण

प्रहरीले दार्चुलामा गाँजा खेती नष्ट गरेको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–६ पनेबाजमा मकैखेतीसँगै रहेको गाँजा खेती नष्ट गरेको हो।

मालिकार्जुन प्रहरी चौकीले स्थानीयको खेतमा लगाइएको पाँच सय बोट गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी हिक्मत बहादुर थापाले जानकारी दिए। समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत उक्त गाँजा खेती नष्ट गरिएको प्रहरीले जनाएको छ।

सुझावित समाचार