मिदास टेक्नोलोजीले काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टर र हेटौँडा अस्पतालको सेवा डिजिटलाइज गर्दै अनलाइन टिकट सेवा सुरु गरेको छ । अस्पतालमा जँचाउन बिहानैदेखि घन्टौँ लाइनमा बसेर पाउने सास्तीबाट बिरामीले छुटकारा पाऊन् भन्ने उद्देश्यले अनलाइन अपोइन्टमेन्ट सेवा सुरु गरेको हो ।
यसअघि यो सेवा टिचिङ अस्पताल, वीर अस्पताल, सिभिल सर्भिस अस्पताल, मनमोहन कार्डियो, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका साथै मिदास टेक्नोलोजीले उपलब्ध गराएको सफ्टवेर प्रयोग गर्ने अन्य सरकारी तथा निजी अस्पतालहरूले समेत प्रयोग गरेको जनाइएको छ ।
दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको कम्पनीको भनाइ छ । मिदासले देशभरका एक सय ७० भन्दा बढी अस्पताललाई व्यवस्थापन पद्धतिमा सहयोग गर्दै आइरहेको जनाएको छ ।