नेपालको पहिलो चाउचाउ उद्योग

अर्थ इतिहास

बुधबार, ८ भदौ, २०७९
डिजिटल संस्करण

नेपालीलाई चाउचाउ भन्ने थाहै थिएन । पोख्रेली व्यवसायी स्व. सूर्यबहादुर केसी, कृष्ण आचार्य र फणीन्द्रमान श्रेष्ठको टिमले जापानबाट मेसिन ल्याएर पोखरा औद्योगिक क्षेत्रभित्र चाउचाउ उद्योग ‘गण्डकी नुडल्स’ स्थापना गरे । 

२३ माघ २०३९ सालदेखि पोखरामा रारा चाउचाउ उत्पादन सुरु भयो । उत्पादन सुरु हुँदा भारतमा चाउचाउ उत्पादन सुरु भएकै थिएन । पछि भारतमा ‘म्यागी’ चाउचाउ आयो । गण्डकी नुडल्स नेपालको मात्र नभएर सिंगो दक्षिण एसियाकै पहिलो चाउचाउ उद्योग बन्न पुग्यो । 

०४१ सालमा विनोद चौधरीले वाई–वाई चाउचाउको उद्योग सुरु गरे । राराले एकसरो  मार्केट बनाइसकेका वेला उत्पादन सुरु भएको वाई–वाईले नेपालमा चाउचाउ संस्कृतिकै विकास गर्यो । 

See More On

सुझावित समाचार