काभ्रे जिल्लाको रोसी गाउँपालिका–११ स्थित कालढुंगामा तामाङ समुदायको पहिचान खुल्ने डम्फु जीवन्त संग्रहालय निर्माण भइरहेको छ। तामाङ समुदायको सांस्कृतिक बाजा डम्फुको प्रतिमा रहेको पार्कसहित तामाङ समुदायको पहिचान झल्कने संग्रहालय र तामाङ भाषाको लिपिमा लेखिएको पुस्तकसहित पुस्तकालय बन्ने भएको हो।
उक्त पार्कलाई सांस्कृतिक पहिचानको रूपमा स्थापित गर्न रोसी गाउँपालिकाको सक्रियतामा डिपिआर (गुरुयोजना) तयार गरी राष्ट्रिय योजना आयोगको करिब ११ करोड विशेष अनुदानमा धमाधम निर्माण भइरहेको छ। रोसी गाउँपालिकाका इन्जिनियर भुपेन्द्र अधिकारीका अनुसार ११ करोडको डिपिआर भएको छ।
एकैपटक ठेक्का दिँदा काम छिटो नहुने भएकोले छिटो निर्माण गर्नका लागि भाग भाग गरेर निर्माण गरिरहेको अधिकारीले जानकारी दिए। अघिल्लो आर्थिक वर्षदेखि निर्माण सुरु भएको उक्त संग्रहालयको दुई चरणमा गरी डम्फु निर्माण भइसकेको उनको भनाइ छ। डिएन्डडी- बिजी जेभीले ठेक्का सम्झौता गरेको सो पार्कको संरचना निर्माणका हुँदै छ।