गिरिलाई सानेपामा अन्तिम श्रद्धाञ्जली (तस्बिरहरू)

आइतबार, ५ भदौ, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिलाई श्रद्धाञ्जलीका लागि अहिले कांग्रेस पार्टी कार्यालय सानेपामा राखिएको छ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव देव गुरुङ, नेता वामदेव गौतमलगायत विभिन्न दलका नेता तथा शुभचिन्तकहरूले अहिले अन्तिम श्रद्धाञ्जली दिएका छन्। गिरिको पार्थिव शरीरमा सभापति देउवाले पार्टीको चारतारे झन्डा ओढाएका छन्।

स्वर्गीय गिरिको पार्थिव शरीरलाई २ बजेसम्म सानेपामा राखिने र आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ। घाँटीको क्यान्सरबाट पीडित गिरिको मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार राति साढे ९ बजे निधन भएको हो।

तस्बिरहरू :

सुझावित समाचार