गिरिलाई श्रद्धाञ्जली दिन नेताहरू मेडिसिटीमा (तस्बिरहरू)

आइतबार, ५ भदौ, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेस नेता स्वर्गीय प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन नेताहरू मेडिसिटी अस्पताल पुगेका छन्। पूर्वराष्ट्रपति रामवरण यादव, कांग्रेस नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका नेता तथा शुभचिन्तक अस्पताल पुगेका छन्।

गिरिकाे पार्थिव शरीरलाई २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालयमा रहेको बिपी स्मृति भवनमा राखिने र आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ। घाँटीको क्यान्सरबाट पीडित गिरिको मेडिसिटी अस्पतालमा उपचारको क्रममा शनिबार राति साढे नौ बजे निधन भएको हो।

सुझावित समाचार