आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थागित भएको छ। प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सूचना जारी गर्दै आजका लागि निर्धारण भएको बैठक विशेष कारणवश बस्न नसकेको जनाएका छन्।
अर्को बैठक भदौ ६ गते सोमबार दिउँसो १ बजेका लागि निर्धारण भएको सूचनामा उल्लेख छ।
