प्रायः नेपाली फिल्महरूको प्रिमियर अन्तिम अवस्थामा हुन्छ । कतिपय प्रिमियर नै नगरी सीधै रिलिज हुन्छन्, यसको उद्देश्य समीक्षकबाट आउने नकारात्मक प्रतिक्रियाबाट बच्नु हो । तर, शुक्रबार रिलिज हुने प्रेमगन्जले मंगलबारै प्रिमियर गर्यो ।
अहिले यस फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको छ । परिक्षेद सेनले निर्देशन गरेको यस फिल्ममा तेज गिरी मुख्य भूमिकामा छन्, जो पेसाले बैंकर हुन् । हाल उनी मुक्तिनाथ विकास बैंकमा कार्यरत छन् ।
यस फिल्ममा बैंकर आनन्दमान श्रेष्ठ कार्यकारी निर्माता छन् । ‘यो मेरो मात्रै नभएर बैंकको प्रवेश भएको हो । बैंकरहरूको प्रतिनिधित्व गरेर मैले सिनेमामा लिड रोल गरेको छु,’ उनले भने, ‘सिनेमा क्षेत्रमा जोखिम हुने भएकाले पनि बैंकले लगानी गर्न मान्दैनन् । तर, यो फिल्ममा बैंकरकै लगानी भएकाले बैंकहरूले पनि नजिकबाट नियालिरहेका छन् । सफल भयो भने सिनेमा र बैंकबीचको ग्याप हटेर जानेछ ।’