फोहोरको छलफलमा तीन जिल्लाका सिडिओ

बुधबार, १ भदौ, २०७९
डिजिटल संस्करण

बन्चरेडाँडामा रहेको ल्यान्डफिल्ड साइडमा फोहोर फाल्न अवरोध निरन्तर भएपछि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू ककनीमा छलफलमा जुटेका छन्। बुधबार ककनीमा काठमाडौं, नुवाकोट, धादिङका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनीबेँसी नगरपालिकाको मेयर र ककनी गाउँपालिकाको अध्यक्षलगायतको बैठक बसेको हो।

बैठकले पुराना सहमतिलाई क्रमशः कार्यान्वयन गराउँदै लैजाने र तत्काल भइरहेको अवरोध हटाउनको लागि स्थानीय मागलाई सम्बोधन हुने निर्णयहरू भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिमालले जानकारी दिएका छन्। 

फोहोर बोकेर आउने गाडीले फोहोरको लिचेड(रस) चुहाउने, लिचेड चुहेको स्थानमा स्पेर नगर्दा प्रदूषित हुने गरेको, घाम लागेको वेलामा सुकेको लिचेडका कारण झनै दुगन्ध फैलिएकोले त्यसको तत्काल समाधान गर्न माग गर्दै स्थानीयले अवरोध गरिरहेका थिए। सो मागलाई सम्बोधन गर्न तीन जिल्लामा जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सात दिनभित्र सबै फोहोर बोक्ने गाडीमा लिचेड संकलनको ट्यांकी अनिवार्य राख्न लगाउने, ट्यांकी नभएका गाडीमा फोहोर नपठाउने, फोहोर फ्याँकेपछि क्यापिङ गर्ने, लिचेड चुहेको स्थानमा स्प्रे गर्ने, धुलो उड्न नदिन पानी हाल्नेलगायतका निर्णयहरू भएको छ। 

सुझावित समाचार