सरसामान खरिद गर्दा पातला प्लाष्टिक झोला बोक्ने गर्नुभएको छ भने आजबाट त्यो बानी हटाउनुहोला । किनभने, सरकारले आज अर्थात भदौ १ बाट ४० माइक्रोनभन्दा कमको प्लास्टिक झोला प्रतिबन्ध लगाएको छ ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले १ भदौबाट प्लाष्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदुषण न्यूनीकरण गर्न ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाएको हो ।
विभागले सूचनामार्फत् प्लाष्टिकका झोला प्रतिबन्धको नीति तथा निर्णयलाई आगामी दिनमा थप कडाइका साथ लागू गर्ने तयारी गरेको जनाएको छ । त्यस्तो उत्पादन, आयात, बिक्री विरतरण तथा प्रयोगको अवस्थाबारे अनुगमन गर्ने र उलंघन भएको पाइए कारबाही गर्ने विभागको भनाइ छ ।
‘भदौ १ बाट ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगको अवस्थालाई कडाईका साथ अनुगमन गरिने र अनुगमनका समयमा नेपाल सरकारको निर्णय विपरितका कार्य भएको पाइएमा वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुने छ,’ विभागले भनेको छ ।
सरकारले यसअघि १९ असोज ०७८ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको थियो । त्यसलाई प्रभावकारी कार्यान्वयनका लागि गत माघमा मन्त्रिपरिषद्ले प्लाष्टिक झोला प्रतिबन्ध सम्बन्धी कार्ययोजना, २०७८ स्वीकृत गरिसकेको छ । तर, कोरोना महामारीका कारण पर्याप्त अुनगमन नहुँदा सरकार कारबाहीमा उत्रिएको थिएन ।
पातलो प्लाष्टिक झोला बोक्दै हुनुहुन्छ ? कारबाहीमा पर्नुहोला
सेनालाई ग्यास उद्योग खोल्न सरकारको प्रस्ताव
३ हप्ता अघि
चाडपर्वलक्षित सामान तातोपानीबाट ल्याउने तयारी
३ हप्ता अघि
अब बुढीगण्डकी जलविद्युत् आयोजना प्राधिकरण मोडलमा
१ हप्ता अघि
सुझावित समाचार
एनएमबि बैंकका ग्राहकले सहजै विदेश रकम पठाउन सक्ने
काठमाडौं/ एनएमबि बैंक लिमिटेडका ग्राहकलाई अब विदेशमा रकम पठाउन सहज हुने भएको छ । बैंकले आफ्ना अन्तर्राष्ट्रिय रकम स्थानान्तरण स…
सानिमा बैंकको नाफा एक अर्ब नाघ्यो
काठमाडौं/ चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकको नाफा, प्रतिसेयर आम्दानी र इक्विटीलगायत प्रमुख वित्तीय सूचकमा सुधार देखिएको…
नेपाल बैंकको सर्वसुलभ कर्जा योजना
काठमाडौं/ नेपाल बैंकले स्थापनाको ९०औँ वार्षिकोत्सवका अवसरमा ९० दिनका लागि न्यून ब्याजदर तथा सेवा शुल्कसहित सर्वसुलभ आवास कर्जा …
४०.७१% ले बढ्यो वैदेशिक व्यापार, असोजमै साढे दुई खर्बको वस्तु आयात
दसैँतिहारलक्षित सामग्रीको व्यापारले वैदेशिक व्यापारमा उछाल
मेटलाइफ नेपालद्वारा अनलाइन दाबी ट्र्याकिङ सेवा सुरु
काठमाडौं/ मेटलाइफ नेपालले नयाँ ग्राहक दाबी प्रक्रिया ट्र्याकिङ प्रणाली सुरु गरेको छ। यस सेवामार्फत ग्राहकले ग्राहक सेवामा फ…
नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना सार्वजनिक
काठमाडाैं । नेपाल बैंक लिमिटेडले विशेष छुट सुविधासहितको घर कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले स्थापनाको ९०औँ वार्षि…