नेप्से परिसूचक १९.०६ अंकले गिरावट

बिहिबार, २६ साउन, २०७९
डिजिटल संस्करण

पछिल्लो समय निरन्तर रूपमा गिरावट हुँदै आएको नेप्से परिसूचक बिहीबार पनि गिरावट आएको छ। बिहीबार नेप्से परिसूचक १९.०६ अंकले घटेर २०३७.८३ बिन्दुमा झरेको हो। 

त्यस्तै, सेन्सेटिभ इन्डेक्स ४.०९ अंक घटेको छ भने फ्लोट इन्डेक्स ०.८३  अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.०१ अंकले घटेको छ। बिहीबार कारोबारमा आएका २२३ कम्पनीको ६२ लाख ९८ हजार ६३८ कित्ता सेयर १ अर्ब ७६ करोड १० लाख २३ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। 

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। बुधबार १ अर्ब ९३ करोडबराबरको सेयर कारोबार भएको थियो। नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फन्ड उपसमूहबाहेकका १२ वटा उपसमूको परिसूचकमा गिरावट आएको छ। म्युचुअल फन्ड उपसमूहको परिसूचक ०.४६ प्रतिशत बढेको छ। 

सुझावित समाचार