आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ दोस्रो कार्यकालका लागि नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिले बादेलाई दोस्रो कार्यकालका लागि नियुक्त गरको हो । बादे २७ वर्षदेखि निर्जीवन बिमा क्षेत्रमा कार्यरत रहेको जनाइएको छ ।
बिमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्तर लागिपरेका बादेको नेतृत्वमा करिब सात वर्षमा आईएमई जनरल इन्स्योरेन्सले उल्लेख्य प्रगति हासिल गर्न सफल भएको जनाएको छ ।
कम्पनीका अध्यक्ष हेमराज ढकालले कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त भएकोमा बधाई तथा शुभकामना दिएका थिए । कार्यकारी अधिकृतको शपथ लिँदै बादेले आफ्नो कार्यकालमा आइएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ट कम्पनीका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।