विद्यार्थीमा कोरोना देखिएपछि १० दिनका लागि विद्यालय बन्द

मंगलबार, २४ साउन, २०७९
डिजिटल संस्करण

ताप्लेजुङको मैवाखोला गाउँपालिका– २ मा रहेको मैवाखोला माध्यमिक विद्यालयमा कोभिड– १९ देखिएपछि विद्यालय बन्द गरिएको छ। एक विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि बुधबारदेखि १० दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको हो।

विद्यालयमा विद्यार्थीलाई रुघाखोकी तथा ज्वारो देखिएपछि एन्टिजेन परीक्षण गरिएको थियो। ३७ विद्यार्थीमा एन्टिजेन परीक्षण गर्दा एकजनालाई कोरोना देखिएपछि विद्यालय बन्द गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष विजय किराँतले जानकारी दिए।

सुझावित समाचार