सडकमा रोकी राखेको ट्रकभित्र शव फेला

मंगलबार, २४ साउन, २०७९
डिजिटल संस्करण

मोरङको सुन्दरहरैँचा नगरपालिका– ८ सलकपुरमा पूर्व–पश्चिम लोकमार्ग किनारमा रोकेर राखेको ट्रकमा एक व्यक्ति मृत फेला परेका छन्। चार–पाँच दिनदेखि सडक किनारमा रोकेर राखेको ना.३ख ४७४३ नम्बरको मालबाहक ट्रकभित्र एक अधबैँसे व्यक्ति मृत फेला परेका हुन्।

धेरै दिनदेखि सडक किनारमा  रोकिएर बसेको ट्रकलाई नियाल्ने क्रममा अगाडिपट्टिको पछाडिको सिटमा लडिरहेको मानिस देखेपछि स्थानीयले शंका लागेर प्रहरीलाई खबर गरेका थिए। घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले मृत व्यक्ति र ट्रकबारे सोधपुछ गरिरहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए। 

यसैगरी, जिल्लाकै बेलबारी नगरपालिका– ३ मा रहेको बरफ उद्योगमा कार्यरत एक मजदुर मंगलबार बिहान मृत फेला परेका छन्। न्यु पाथीभरा बरफ उद्योगमा काम गर्दै आएका २८ वर्षीय विशाल राई सुतेको ओछ्यानमा मृत फेला परेका प्रहरीले जनाएको छ।

See More On

सुझावित समाचार