चिनियाँ सेनाले ताइवाननजिकै पनडुब्बी र हवाइजहाज प्रतिरोधी विभिन्न किसिमका अभ्यास जारी राख्ने जनाएको छ । चिनियाँ जनमुक्ति सेना (पिएलए) ले अगस्ट ४ देखि ७ सम्म टापु वरपरका करिब ६ स्थानमा संयुक्त अभ्यास गरिरहेको बताइएको छ ।
अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले यसक्षेत्रमा विभिन्न किसिमका सैन्य अभ्यासहरू गरिरहेको छ । पछिल्लो समय १०० भन्दा बढी चिनियाँ लडाकु विमान र १० वटा युद्धपोतहरूले ताइवान वरपर लाइभ–फायर सैन्य अभ्यास गरिरहेका छन् ।
योसँगै ताइवान स्ट्रेट वरपर थुप्रै चिनियाँ विमान र जहाजहरू विभिन्न किसिमका युद्धकलाको अभ्यास जस्तो देखिने प्रदर्शनीहरू गरिरहेका छन् । केही विमानहरूले चीन र ताइवानबीचको सीमारेखा जस्तो प्रतीत हुने मध्यरेखा पनि पार गरेका छन् ।
चीनले ताइवानलाई विदेशी सरकारहरूसँग आफ्नो छुट्टै सम्पर्क राख्ने कुराको विरोध गरिरहेको छ, तर साभामुख पेलोसीको भ्रमणपछि भने कडा प्रतिक्रियाहरू विभिन्न तहमा सार्वजनिक गर्दै आएको छ ।
यसैबीच, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया र जापानलगायत धेरै देशहरूले चीनले ब्यालेस्टिक मिसाइल प्रक्षेपणको निन्दा गर्दै चीनलाई तत्काल सैन्य अभ्यास बन्द गर्न आग्रह गरेका छन् ।
ताइवाननजिक चीनको सैन्य अभ्यास जारी रहने
मक्का सम्झौताप्रति सावधान हुनुपर्छ भारत
२ हप्ता अघि
सुझावित समाचार
रोहिंग्याको दमनविरुद्ध मुस्लिम देशहरू किन दरिलोसँग आवाज उठाउन सक्दैनन् ?
इस्लामिक सहयोग संगठनले आफ्नो सदस्य नभएका सरकारहरूमार्फत रोहिंग्याविरुद्ध गरिएको दुर्व्यवहारलाई पनि चुनौती दिनुपर्छ
पाकिस्तानमा एक विद्यालयको छाना खस्दा कम्तीमा ३३ जनाको मृत्यु
इस्लामाबाद/ उत्तर–पश्चिमी पाकिस्तानमा एउटा विद्यालयको छाना खस्दा कम्तीमा ३२ जना विद्यार्थी र एक शिक्षकको मृत्यु भएको छ । त्यस्…
ट्रम्पसँग तनावपछि युक्रेनी सेनाको स्टारलिंक इन्टरनेटमा पहुँच सीमित
रुसले युक्रेनमा ठुलो संख्यामा ब्यालिस्टिक मिसाइलहरू प्रहार गर्दा अमेरिकाले विगतमा दिनेजस्तो आक्रमणको पूर्वसूचनासमेत युक्रेनी पक्षलाई दिएन
म्यानमारमा ‘स्क्याम सेन्टर’ चलाउने तीन चिनियाँलाई मृत्युदण्ड
बेइजिङ/ पूर्वी चीनको एउटा अदालतले म्यानमारमा स्क्याम सेन्टरको सञ्जाल सञ्चालन गरेको अभियोगमा तीनजना चिनियाँ नागरिकलाई मृत्युदण्डक…
इतिहासमा आज
सन् १९९४ : नर्वेको नोबेल कमिटीद्वारा इजरायलका प्रधानमन्त्री इत्ज्याक रबिन, विदेशमन्त्री सिमोन पेरेज र प्यालेस्टिनी नेता यासेर अराफा…
प्रान्तीय सरकार भंग गरिए पनिपिटिआईले ‘लङ मार्च’ नरोक्ने
इस्लामाबाद/ जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी ‘पाकिस्तान तहरिक–ए–इन्साफ’ (पिटिआई) ले सं…