चिनियाँ नागरिकलाई बन्धक बनाएको अभियोगमा पाँच नेपाली पक्राउ

बिहिबार, १९ साउन, २०७९
डिजिटल संस्करण

चिनियाँ नागरिकलाई बन्धक बनाएको अभियोगमा पाँच नेपाली युवा पक्राउ परेका छन्। नयाँ बसपार्कको गेस्टहाउसमा बन्धक बनाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भरत बोहराले जानकारी दिए।

चिनियाँ नागरिकलाई बन्धक बनाएर उनीहरूले एक करोड फिरौती रकम मागेको प्रहरीको भनाइ छ। अपहरित चिनियाँ नागरिकको उद्धार भएको र सोधपुछका लागि काठमाडौं परिसर ल्याइएको प्रहरीले जानकारी दिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

See More On

सुझावित समाचार