लक्ष्मी क्यापिटलको ‘शुभलक्ष्मी कोष’ खुलामुखी म्युचुअल फन्ड निष्कासन सुरु

बिहिबार, १९ साउन, २०७९
डिजिटल संस्करण

लक्ष्मी क्यापिटल लिमिटेडले बिहीबारदेखि सर्वसाधारण लगानीकर्ताका लागि ‘शुभलक्ष्मी कोष’ नामक खुलामुखी म्युचुअल फन्ड निष्कासन तथा बिक्री खुला गरेको छ । क्यापिटलले लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाइ १० रुपैयाँ अंकितदरका ५० करोड रुपैयाँबराबरको पाँच करोड इकाइ निष्कासन गर्न लागेको हो । 

जसमध्ये १५ प्रतिशत इकाइ कोष प्रवद्र्धक लक्ष्मी बैंकले बिज पुँजीको रूपमा लगानी गर्ने जनाइएको छ । बाँकी रहेको चार करोड ७५ लाख इकाइमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि एक करोड ७५ लाख इकाइ बिक्री खुला गरेको क्यापिटलले जनाएको छ ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम एक सय इकाइदेखि अधिकतम ५० लाख इकाइसम्म आवेदन दिन सक्ने जनाइएको छ । साउन १९ बिहीबारबाट निष्कासन हुने यो फन्डमा लगानीकर्ताले छिटोमा साउन २३ गतेसम्म र ढिलोमा भदौ २ गतेसम्म धितोपत्रबोर्डबाट आस्बा अनुमति लिएका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकको कार्य लक्ष्मी क्यापिटल लिमिटेडले गर्ने जनाइएको छ ।

सुझावित समाचार