वर्षाले गाेरेटाे बाटो बगाएपछि आवतजावतमा समस्या

मंगलबार, १७ साउन, २०७९
डिजिटल संस्करण

दुई दिनदेखि परेको वर्षाका कारण ताजाँकोट गाउँपालिका– ३ स्थित मासपुर गाउँ आवतजावत गर्ने बाटो भत्किएको छ । हुम्ला जिल्लाको दुर्गम मानिने मासपुर गाउँ आवतजावत गर्ने गोरेटो  भत्किएपछि मासपुर गाउँ आवतजावत गर्न समस्या भएको छ ।

बाटो बगाएपछि ताजाँकोट गाउँपालिका केन्द्र आवतजावत गर्न ठप्प भएको  मासपुर गाउँका स्थानीय केशबहादुर रोकायाले जानकारी दिए । वर्षाले छरी भन्ने स्थानको बाटो भत्किएपछि आवतजावत बन्द भएको रोकायाले बताए । 

वर्षाले बाटो नै क्षतविक्षत गरेपछि मासपुर आवतजावत गर्न समस्या भएको मासपुर सामुदायिक स्वास्थ्यचौकीमा कार्यरत अनमी सुना मल्लले बताइन् । पहिरोमा ज्यान जोखिममा राखेर हिँड्नुपर्ने बाध्यता रहेको मल्लकाे भनाइ छ । 
 

See More On

सुझावित समाचार