निर्वाचनसम्बन्धी कानुनलाई संविधानसम्मत बनाउन निर्देशन दिने सम्बन्धमा संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको छ। प्रतिनिधिसभाका सदस्यहरूले सोमबार सो प्रस्ताव दर्ता गराएका हुन्।
सांसद अमृता थापामगर प्रस्तावक रहेको प्रस्तावको समर्थकमा सांसदहरू लक्ष्मी परियार, लक्ष्मीकुमारी चौधरी, चन्दा चौधरी, रंगमती शाही, बिना बुढाथोकी, लीलादेवी सिटौला, दुर्गा पौडेल, रेखा शर्मा, यशोदा गुरूङ सुवेदी, रेनुका गुरूङ र प्रमिला राई रहेका छन्।
संविधानको धारा ३८(४)मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक रहे पनि विगतको निर्वाचन परिणामले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित हुनुपर्ने पुरुषहरूसमेत विभेदमा परेको प्रस्तावमा उल्लेख गरिएको छ।
समानुपातिक निर्वाचन प्रणाली महिलाको लागि र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली पुरुषका लागि भन्ने अनुभूति दिने गरी उम्मेदवारी दिँदा पनि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित हुनुपर्ने पुरुषहरू विभेदमा परेको प्रस्तावमा उल्लेख छ। 'आसन्न निर्वाचनमा जाँदा पहिलो हुने निर्वाचन प्रणालीतर्फ पनि समान संख्यामा महिलाको उम्मेदवारी दिनु अनिवार्य छ,' प्रस्तावमा भनिएकाे छ।
यस्ता छन् प्रस्तावहरू :

