वाह ! अलैँची अभियान सुरु

आइतबार, १५ साउन, २०७९
डिजिटल संस्करण

नेपाल अलैँची व्यवसायी महासंघले कृषि मन्त्रालय, प्रदेश १ र स्विस सरकार विकास सहयोग (एसडिसी)को सहयोग तथा होटेल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा ‘वाह ! अलैँची अभियान’ शुभारम्भ गरेको छ ।

यो अभियान घरेलु तथा व्यावसायिक उपभोक्तामा नेपाली अलैँचीको प्रयोग र उपभोगमा सचेतना अभिवृद्धि गर्न केन्द्रित हुने बताइएको छ । अभियानले नेपाली अलैँचीको परम्परागत मूल्य र नेपाली परिकारमा यसको प्रयोगलाई महत्वपूर्ण सामग्रीका रूपमा बढाउने महासंघले जनाएको छ ।

बेलायतको रियालिटी कुकरी टिभी शृंखलाका विजेता, सेफ सन्तोष शाह ‘वाह ! अलैँची अभियान’को ब्रान्ड एम्बासडर रहेका छन् । उनले नेपाली अलैँचीलाई घरेलु बजारमा प्रवद्र्धन गर्न विशेष परिकार रेसिपीहरू पनि तयार गर्नेछन् ।

साथै, यो अभियानले युवा आकांक्षी प्रशिक्षार्थीहरू र सेफहरूलाई आफ्नो पाककलामा अभिवृद्धि गर्न र नेपाली अलैँचीलाई नयाँ तरिकाले प्रयोग गर्न मञ्च पनि प्रदान गर्नेछ । नेपालमा ६ हजार ६ सय मेट्रिकटन अलैँची उत्पादन हुन्छ, जुन पूर्वका पहाडी जिल्लाहरूका कृषकहरूको आम्दानीको मुख्य स्रोत हो । तर, नेपाली अलैँचीको प्रयोग घरेलु बजारमा बढेको छैन । बरु, भारतलगायत अरू मुलुकबाट शतप्रतिशत आयात हुने सुकुमेलले प्रतिस्थापन गरिरहेको छ । 

See More On

सुझावित समाचार