श्रीलंकामा सर्वदलीय सरकारको कसरत

शुक्रबार, १३ साउन, २०७९
डिजिटल संस्करण
श्रीलंकामा सर्वदलीय सरकारको कसरत

श्रीलंकाका राष्ट्रपति रनिल विक्रमसिंघे

श्रीलंका सरकारले संकटमा परेको मुलुकमा सर्वदलीय सरकार गठन गर्ने प्रयासमा बिहीबार विपक्षी दलहरूसँग वार्ता सुरु गरेको छ ।
नवनिर्वाचित राष्ट्रपति रनिल बिक्रमासिंघेले श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी) सँग सर्वदलीय सरकार गठन गर्न वार्ता थालेका छन् । उनले देशका अन्य दल तथा समूहसँग पनि वार्ता गर्ने र एक सातामा सर्वदलीय सरकार गठन हुने अपेक्षा लिएको बताएका छन् । 
प्रमुख प्रतिपक्षी दल सामागी जाना बालाबेगया (एसजेबी) भने सरकारमा सहभागी नहुने जनाइसकेको छ । तथापि, यसका केही सांसदहरू व्यक्तिगत तवरमा शासकीय प्रक्रियामा सामेल हुन सक्ने विश्लेषकहरूले बताएका छन् । सांसद विमल विरावाणसाको नेतृत्वमा राष्ट्रिय स्वाधीनता मोर्चाले पनि राष्ट्रपतिलाई सकारात्मक संकेत पठाएको सरकारले जनाएको छ । उनले बिक्रमासिंघेलाई समर्थन गर्ने वचन दिएका थिए । 

सुझावित समाचार